शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपाको प्रवासबाट कसले कति पाए मत ?

शुक्रबार, १२ असार २०८३, १९ : ३१
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासतर्फको महामन्त्री, सह-महामन्त्री र उपाध्यक्ष पदको मतदानको नतिजा सार्वजनिक भएको छ।
  • उपाध्यक्ष पदमा सोबिता गौतमले ५३ मत प्राप्त गरी अग्रता लिएकी छन्, भने तोसिमा कार्कीले २० मत पाइन्।
  • महामन्त्री पदमा बिपिन कुमार आचार्यले ३५ मत, सह-महामन्त्री पदमा हरि ढकालले ३८ मत प्राप्त गरेका छन्।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासतर्फको मतनमा पदाधिकारीहरूको मत परिणाम सार्वजनिक भएको छ। प्राप्त तथ्यांकअनुसार महामन्त्री, सह-महामन्त्री र उपाध्यक्ष पदका लागि भएको मतदानमा उम्मेदवारहरूले पाएको मत विवरण प्रकाशन गरिएको हो । 

समग्र मतदानमा उपाध्यक्ष पदकी उम्मेदवार सोबिता गौतमले सबैभन्दा धेरै ५३ मत प्राप्त गरेकी छन्।

कुन पदमा कसको कति मत ?

उपाध्यक्ष पदमा सोबिता गौतमले फराकिलो मतसहित अग्रता लिएकी छन्। उनले ५३ मत प्राप्त गर्दा अर्की उम्मेदवार तोसिमा कार्कीले २० मत मात्र पाएकी छन्।

महामन्त्री पदका ४ उम्मेदवारमध्ये बिपिन कुमार आचार्यले सर्वाधिक ३५ मत प्राप्त गरेका छन्। त्यसैगरी मनिष झाले २२ मत, सागर ढकालले ११ मत र गणेश कार्कीले ५ मत प्राप्त गरेका छन्।

सबैभन्दा धेरै उम्मेदवार रहेको सह-महामन्त्री पदमा हरि ढकालले सर्वाधिक ३८ मत पाएका छन्। उनलाई पुकर बम र रमेश प्रसाईंले कडा टक्कर दिएका छन्। पुकारले ३२ मत र रमेशले ३१ मत प्राप्त गरेका छन् । 

त्यस्तै, निशा डाँगी २६ मत, राजीब खत्री २२ मत, असिम शाह २१ मत, यज्ञमणि न्यौपाने १५ मत, सुलभ खरेल ८ मत, रिमा विश्वकर्मा ७ मत, मिलन लिम्बु ६ मत ल्याएका छन् । 

त्यस्तै, हिमेश पन्त ४ मत, अशोक कुमार चौधरी ३ मत, विजय जैरु र जुली यादव २ मत तथा जमुना शर्मा र कामिनी कुमारी चौधरी १ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप