दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए ।
पालिकाले जलविद्युत् र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरु क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
यही असार ११ गतेको मितिले लागू हुने गरी एक महिनाभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
रघुगङ्गा गाउँपालिकाभित्र हाल पाँच वटा क्रसर उद्योग सञ्चालनमा रहेका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनले भने, “राहुघाट जलविद्युत् आयोजनाको चमेरे र बाँध निर्माणस्थलको तथा मोना हाइड्रोपावर र चितवन इनर्जीले घ्याँसीखर्कमा रहेको क्रसर उद्योगले प्रक्रिया पूरा गरेका छन् ।”
अवैध क्रसरले नदीजन्य वस्तुको चोरी निकासी गरेर राजस्वमा पनि हानी पु¥याएकाले बन्द गराउन गाउँपालिकाले अग्रसरता लिएको अध्यक्ष भण्डारीले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाहुबली ३’ आउने चर्चा
-
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा इन्धन सस्तो भएन, सरकारले उपभोक्तामाथि अन्याय गर्यो’
-
कस्तो मौद्रिक नीति चाहन्छन् उद्योगी–व्यवसायी ?
-
५ लाख ‘ड्रोन योद्धा’ तयार गर्दै दक्षिण कोरिया
-
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित
-
काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण