‘डे वान’ देखि नै गठबन्धन भत्काउने षड्यन्त्र जारी छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी शक्तिहरु सत्ता गठबन्धन भत्काउन मरिमेटेर लागिरहेको बताएका छन् । आइतबार २७ औं जनयुद्ध दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धन भत्काउन प्रतिगामी सोच भएकाहरु गठबन्धन उल्ट्याउन लागिरहेको बताएका हुन् ।
उनले गठबन्धन बनाउँदा कुनै सर्त नराखेको भन्दै त्यसमा अहिले पनि आफुहरु दृढ रहेको बताए । ‘केही तत्वहरु अहिले पनि यो गठबन्धन उल्ट्याउने, हुन लागेको निर्वाचन प्रक्रिया कुनै तरिकाले डिरेल गर्ने र वातावरणलाई धमिलो पार्ने कोशिस भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले कहीँ कतैबाट मधेसी जनताका विरुद्ध कुनै प्रकारका षड्यन्त्र भए भने ती षड्यन्त्र रोक्न मधेसी जनताले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण