शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजमा पुनः ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुने

मङ्गलबार, ०३ फागुन २०७८, ११ : १७
मङ्गलबार, ०३ फागुन २०७८

ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०÷२१ मा प्राप्त सफलता पछ्याउँदै हल्ट पुरस्कार पुनः हुँदैछ । यस वर्षको थिम ‘गेटिङ द वल्र्ड व्याक टुवर्क’ रहेको छ । ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुवातको लागि विश्वको सबैभन्दा ठूलो इन्जिन हल्ट पुरस्कार हो । 

बीबीए लेभल पाँचका विद्यार्थी र ब्रिटिस कलेजको हल्ट पुरस्कारका क्याम्पस निर्देशक ग्रिशम तिवारीको नेतृत्वमा १५ भन्दा बढी टोलीले आगामी कार्यक्रमको तयारी गरिरहेको छ । यो प्लेटफर्मले ब्रिटिस कलेजका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ । यसमा एक मिलियन डलर बराबरको नगद पुरस्कार जित्न सकिन्छ । 

प्रतियोगितामा तीनदेखि चार जना विद्यार्थीको टोलीले आफ्नो सामाजिक उद्यम योजनालाई उचाई दिन एकसाथ काम गर्नेछन् । प्रत्येक टोलीले प्रशिक्षण सत्रमा भाग लिन्छन् । साथै, विशषज्ञहरुको सुझाव पनि प्राप्त गर्नेछन् । त्यस्तै उनीहरुले प्रायोजकहरूबाट पुरस्कार पाउन विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । हल्ट पुरस्कारबारे जानकारी दिन सहभागीहरुलाई भर्चुअल अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको सहभागीता रहेको थियो । 

केक सेवा, उद्यमी इनोभेसन र भरेन्द्र यनिुर्भसिटी इन्टरनेशनल अफेयर्स काउन्सिल लगायतले कार्यक्रम प्रायोजनका लागि ब्रिटिस कलेजसँग पार्टनसिप गरेका छन् । निर्देशक तिवारीले हल्ट कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजकहरुलाई धन्यवाद दिएका छन् । साथै, उनले यो एक विशेष अवसर पनि भएकाले इच्छुक अरुले पनि सहकार्य गर्न सक्ने बताए । ब्रिटिस कलेजमा हाल अध्ययनरत सबै विद्यार्थीहरुले समुहमा वा व्यक्तिगत रहेका एउटा टिम निर्माण गरेर साइन अप गर्न पनि तिवारीले आग्रह गरेका छन् । दर्ता फेब्रुअरी १५ सम्म रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप