याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन माग
होटल सङ्घ नेपाल (हान) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।
हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराएका थिए । कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्क राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने भन्दै उहाँले राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसङ्गत हुने विषयमा समर्थन रहेको बताए ।
नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतीको इजाजत खारेजीबारे ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक, कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा–सुविधा उपलब्ध गराउन समस्या रहेको बताए ।
राज्यको कानुनसङ्गत नियम पालना गराउने मामलामा हानको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदानको कदर गर्दै होटलजस्तो ठूलो लगानी भएको प्रतिष्ठानले अर्थतन्त्रमा पु¥याएको योगदानको कदर हुनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण