बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला

बुधबार, १७ असार २०८३, १३ : १२
बुधबार, १७ असार २०८३

सारांश

  • देशका विभिन्न चार फरक-फरक स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत अवस्थामा फेला परेका छन् ।
  • झापा, दाङ, सुनसरी र कैलालीमा मंगलबार उनीहरूको शव भेटिएको हो ।
  • प्रहरीले यी सबै घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौँ । देशका विभिन्न चार फरक-फरक स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार झापा, दाङ, सुनसरी र कैलालीमा मंगलबार उनीहरूको शव भेटिएको हो ।

झापाको मेचीनगर नगरपालिका-७ गोमनसरीस्थित एउटा कुलोमा भारतको आसाम घर भएका ५० वर्षीय सञ्जय सोरेन मृत अवस्थामा फेला परेका छन् । यस्तै सुनसरीको वराहक्षेत्र नगरपालिका-८ मोरङलाइनस्थित सडक छेउको नालामा सोही नगरपालिकाको वडा नम्बर ६ बस्ने ५६ वर्षीय भीमबहादुर खड्का पनि मंगलबार नै मृत फेला परेका छन् ।

यसैगरी दाङको बबई गाउँपालिका-३ पिसिओ चोक बस्ने ७२ वर्षीया सामरी सार्किनी आफ्नै घर नजिकै रहेको नालामा मृत अवस्थामा भेटिएकी छिन् । उता कैलालीको गोदावरी नगरपालिका-४ बाँस्कोटास्थित निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाडलमा परेर एक बालिकाको ज्यान गएको छ । बाजुराको बुढीगंगा नगरपालिका-७ घर भएका टपेशबहादुर केसीकी ५ वर्षीया छोरी शशिका मल्ल केसी सो खाडलमा मृत अवस्थामा फेला परेकी हुन् ।

देशका विभिन्न स्थानमा भएका यी सबै घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले मुचुल्का संकलन गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप