बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध

बुधबार, १७ असार २०८३, १३ : १५
बुधबार, १७ असार २०८३

सारांश

  • पहिरोका कारण स्याङ्जाको वालिङ नगरपालिका-७ स्थित लभ्लीडाँडामा मिर्दि चापाकोट सडक खण्ड अवरुद्ध भएको छ।
  • यस्तै, वालिङ नगरपालिका-१४ स्थित डुम्रिभञ्ज्याङमा वालिङ-हुवास भित्री पक्की सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ।
  • प्रहरीले दुवै स्थानको सडक खुलाउने प्रयास गरिरहेको छ।

काठमाडौँ । पहिरोका कारण बुधवार स्याङ्जाको दुई ठाउँमा सड्क अवरुद्ध भएको छ । मिर्दि चापाकोट सड्क खण्डको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पहिरो खसेको छ । सो स्थानमा पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

वालिङ नगरपालिका–१४ स्थित डुम्रिभञ्ज्याङमा पनि सड्क अवरुद्ध भएको छ । डुम्रिभञ्ज्याङ स्थित वालिङ–हुवास भित्री पक्की सड्क खण्डमा पहिरो खस्दा पूर्ण रूपमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै ठाउँको सड्क खुलाउने प्रयास गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप