बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार

बुधबार, १७ असार २०८३, १३ : ०७
बुधबार, १७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
  • केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।
  • सभापति रविले निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण तथा घण्टी उपहार दिएका थिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

निर्वाचित सदस्यलाई सभापति रविले प्रमाणपत्र हस्तान्तरण तथा घण्टी उपहार दिएका थिए । चितवनमा असार ७ देखि १२ गतेसम्म भएको प्रथम महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप