बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बुधबार, १७ असार २०८३, १३ : ०२
बुधबार, १७ असार २०८३

सारांश

  • प्रहरीले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराहीका ३५ वर्षीय बामदेव विकलाई पक्राउ गरेको छ ।
  • विकले बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई मंगलबार राति नियन्त्रणमा लिएको हो ।
  • पक्राउ परेका विकमाथि प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको छ ।

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव विक रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी टोली खटिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका विकमाथि प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप