रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
- सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय घण्टी घरमा शपथ गराएका हुन्।
- प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
असार(७–१२) सम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तीमध्ये १०० जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
यी बाहेक सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । महाधिवेशनबाट खुला ३२, समावेशी ३२ र सात प्रदेशबाट पाँच/पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसैगरी निर्वाचित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीलाई रविले शपथ गराएका छन् ।
रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण