एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास : देउवाले नमाने आजै सरकार छोड्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी देवल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नेछ । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह नमाने र एमसीसी अहिलेकै अवस्थामा अघि बढाइए गठबन्धन र सरकार छोड्ने तयारी माओवादीको छ ।
माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोही निर्णय सुनाउन र देउवालाई मनाउन प्रचण्ड अन्तिम प्रयासस्वरुप बालुवाटार पुगेको माओवादी केन्द्रका सांसद रामेश्वरराय यादवले रातोपाटीलाई बताए । अर्का सांसद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले गठबन्धनमै सहमति नभई एमसीसी अघि बढे माओवादीले गठबन्धन र सरकार दुवै छोड्ने निर्णय भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण