मन्त्री भएकाहरु एमसीसीको पक्षमा, अरू विरोधमा !
सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार नै सरकारले एमसीसीसम्बन्धी प्रस्तावलाई सभामुखमार्फत् संसद्को कार्यसूचीमा राख्न लगाएर संसद्मा टेबल गरेको थियो ।
तर, ती दुबै दलले संसद्मा टेबल भइसकेको एमसीसीका विषयमा पुनः असहमति राख्दै पास हुनै नदिने अडान राख्दै आइरहेका छन् । एमसीसीका विषले यी दुवै दलभित्रको कलहसमेत बढेको छ ।
गठबन्धन आबद्ध एक शीर्ष नेताका अनुसार दुवै दलबाट सरकारमा सहभागी मन्त्रीहरू एमसीसीका पक्षमा पार्टी उभिनुपर्ने भन्दै लबिङमा छन् । तर, सरकारमा मन्त्री नभएकाहरू भने एमसीसीको खोइरो खन्दै विरोध गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण