राहदानी सेवा दुई दिन बन्द हुने
बुधबार, २४ असार २०८३, २० : ३०
काठमाडौँ । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ ।
विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ ।
यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो ।
यद्यपि, राहदानीसम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ ।
मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी सङ्कलन गर्नसक्ने विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण