ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आवश्यक परे पुनः कडा सैन्य आक्रमण गर्न सकिने चेतावनी दिएका छन् ।
- ट्रम्पले अमेरिकाले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश्यका साथ कारबाही गरिरहेको दोहोर्याएका हुन् ।
- उनले आवश्यक परे इरानमाथि पुनः नौसैनिक नाकाबन्दी लगाउन सकिने चेतावनीसमेत दिएका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आवश्यक परे पुनः कडा सैन्य आक्रमण गर्न सकिने चेतावनी दिएका छन् ।
बीबीसीको लाइभ अपडेटअनुसार ट्रम्पले अमेरिकाले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश्यका साथ कारबाही गरिरहेको दोहोर्याएका हुन् ।
ट्रम्पले पछिल्लो रात गरिएको नयाँ आक्रमणपछि 'आवश्यक परे आज राति पनि इरानलाई कडा प्रहार गर्न सक्छौँ' भनेका हुन् । यद्यपि उनले अमेरिकी सैन्य कारबाहीको उद्देश्य इरानमा शासन परिवर्तन गराउनु नभई केवल उसको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको स्पष्ट पारे ।
यसअघि आफूले अमेरिका–इरानबिचको युद्धविराम समाप्त भएको संकेत दिए पनि सम्भावित नयाँ सम्झौताबारे भने ट्रम्पले स्पष्ट जवाफ दिएनन् । उनले सम्झौता गरेर पनि हुन सक्ने, नगरी पनि हुन सक्ने बताए । 'कतिपय अवस्थामा सम्झौताभन्दा त्यसबिनै अघि बढ्नु सजिलो हुन्छ,' उनले कूटनीतिक विकल्प खुला रहेको संकेत गरे ।
ट्रम्पले आवश्यक परे इरानमाथि पुनः नौसैनिक नाकाबन्दी लगाउन सकिने पनि चेतावनीसमेत दिएका छन् । उक्त नाकाबन्दी यसअघि युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि हटाइएको थियो । बीबीसीका ह्वाइट हाउस संवाददाता बर्न्ड डेबुस्मान जुनियरका अनुसार ट्रम्पको पछिल्लो अभिव्यक्ति र देखिएको आक्रोशले उनी इरानप्रति धैर्य गुमाउँदै गएको संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण