मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
काठमाडौँ । प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकारको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायसँग आपसी समन्वय र सहकार्यलाई तीव्रता दिने भएको छ।
समितिको बुधबारको बैठकले समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकार, अन्तराष्ट्रिय सन्धि–सम्झौता, शान्ति प्रक्रिया, मौलिक हक तथा कानून कार्यान्वयनको अवस्था सम्बन्धि विषयमा राष्ट्रिय मानव अधिकार आयोगसँग सूचना तथा तथ्याङ्कको आदान–प्रदान अध्ययन अनुसन्धान, अन्तरक्रियता तथा परामर्श नीति र कानूनको कार्यान्वयनको अवस्थाका विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ।
त्यसैगरी समितिले अनुगमन तथा मूल्याङ्कन, अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धि दायित्वको प्रभावकारी कार्यान्वयन, आवश्यक सुझाव र सिफारिस आदान–प्रदान तथा मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि पनि आयोगसँग आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ। समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले विद्यमान मानव अधिकारको अवस्था र संबर्धनबारे जानकारी गराउनु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण