मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते
सर्लाहीको धन्कौलमा ‍‍मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । शनिबार राति मधुवनी-नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका(३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा कौडेना गाउँपालिका(५, का दिपेश मुखिया घाइते भएका छन् । उनको भेनेस अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण