कैलाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । धनगढीको कभर्डहलमा मतदान सुरु हुने बताइएको छ ।
नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् ।
निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् ।
बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिमा रामबहादुर कलेलले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रवीन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण