काठमाडौँमा यस्तो देखियो बन्दको प्रभाव
सोमबार, १६ फागुन २०७८, ०८ : ५०
एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ । यातायातका साधनहरु सहजरुपमा चलेका छन् । तर, विद्यालयको पठनपाठन भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् ।
बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण