विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
सारांश
- विश्वकप २०२६ को तयारीमा रहेको इङ्ग्ल्यान्ड टोलीका लागि प्रशिक्षण केन्द्र नजिक गोली चल्नु, भूकम्प आउनु र खेल सामग्री चोरी हुनु जस्ता अनपेक्षित घटनाहरू भएका छन् ।
- प्रशिक्षण केन्द्र नजिकै भएको गोलीकाण्डमा नौ जना सामान्य घाइते भएका थिए, तर खेलाडीहरू सुरक्षित रहे ।
- टोलीको प्रशिक्षण सामग्री बोकेका गाडीहरू फोडेर फुटबल बुट, बल लगायतका सामान चोरी भएको छ र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मिसौरी/अमेरिका । खेलाडी र समर्थकका हर्कत, भित्री वस्त्रको प्रदर्शन वा टिम छनोट प्रक्रिया चाहे कारण जेसुकै होस्, हरेक विश्वकपमा इङ्ग्ल्यान्डले सधैँ विशेष हेडलाइन पाइहाल्छ । समूह एलको इङ्ग्ल्यान्डले विश्वकप २०२६को पहिलो खेल खेल्न नै अझै चार दिन बाँकी छ । तर, अहिल्यै इङ्ग्ल्यान्डलाई जोडेर अनपेक्षित समाचार आउन थालिसकेका छन् ।
पहिलो घटना त इङ्ग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण केन्द्र नजिकै गोलीकाण्ड चल्यो । कान्सास सिटीस्थित टोलीको होटल तथा प्रशिक्षण आधार नजिक अघिल्लो शनिबार (६ जुन)को बिहान गोली चलेको थियो । उक्त घटनामा नौ जना सामान्य घाइते भएका थिए । ‘थ्री लायन्स’का खेलाडी र प्रशिक्षक टोली भने घटनास्थलबाट निकै टाढा नै थिए । तर पनि तिनलाई जोडेर समाचार बनाइयो ।
त्यसको तीन दिनपछि अर्को प्राकृतिक घटना भयो । जुन ८ तारिख सोमबार क्युबाको पश्चिमी तट नजिक ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको कम्पन फ्लोरिडास्थित इङ्ग्ल्यान्ड टोलीको प्रशिक्षण क्षेत्रमा समेत महसुस गरिएको थियो ।
त्यतिबेला टोली ओर्लान्डो र वेस्ट पामबिच क्षेत्रमा कोस्टा रिकाविरुद्ध मैत्रीपूर्ण खेलको तयारीमा थियो । भूकम्पको केन्द्र फ्लोरिडाबाट करिब ४०० माइल टाढा भए पनि कम्पनले खेलाडी र कर्मचारीलाई आश्चर्यचकित बनाएको थियो र केही भवनहरू खाली गराइएको थियो । तर कुनै पनि खेलाडी वा कर्मचारी घाइते नभएको र ठुलो संरचनात्मक क्षति नभएको पुष्टि गरिएको थियो । साथै सुनामीको कुनै खतरा नरहेको पनि अधिकारीहरूले बताएका थिए ।
घटनापछि टोली कान्सास सिटीस्थित आफ्नो स्थायी प्रशिक्षण शिविरमा पुगेको थियो, जहाँ उनीहरूले विश्वकप अभियान जारी राख्ने तयारी गरेका थिए ।
तर अब फेरि अर्को आकस्मिक घटनाका कारण टोली फेरि चर्चामा आएको छ । रिपोर्टअनुसार इङ्ग्ल्यान्डको प्रशिक्षण शिविरमा चोरी भएको छ । फुटबल बुट, प्रशिक्षण बल तथा अन्य महत्त्वपूर्ण खेल सामग्री चोरी भएको जनाइएको छ ।
यूकेका विभिन्न सञ्चारमाध्यमका अनुसार टोली आइपुग्नुअघि नै सोउप फुटबल भिलेजमा ल्याइँदै गरेको प्रशिक्षण सामग्री बोकेका गाडीहरू फोडेर भित्र रहेका सामान चोरी भएको हो ।
प्रहरीले अनुसन्धान सुरु गरेको छ र फुटबल संघसँग मिलेर काम गरिरहेको छ । स्थानीय अधिकारीहरूका अनुसार यस घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरिएको छ भने अनुसन्धान अझै जारी छ । इङ्ग्ल्यान्डले यो विश्वकपको समूह चरणमा क्रोएसिया, घाना र पानामासँग प्रतिस्पर्धा गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण