फागुन १५ गते एक अन्धकार दिनमा दर्ज भयो : गोपाल किराँती
माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत किराँतीले आइतबारको प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘फागुन १५ गते नेपालको इतिहासमा दोश्रो सुगौली सन्धि थोपरिएको एक अन्धकार दिनमा दर्ज भएको छ ।
त्यस दिन साम्राज्यवादी इन्डो–प्यासिफिक सैन्य रणनीतिको एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर घोषित दलाल पुँजीवादी कांग्रेसको नेतृत्वमा खुलेआम देशद्रोहको अपराध गरियो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘एमाले गुटको सरकारले संसदमा पु¥याएको त्यस सम्झौतालाई तथाकथित व्याख्यात्मक टिप्पणीको प्रपञ्चद्धारा अनुमोदन गराउने मतियार प्रचण्ड र माधव कुमार नेपाल बनेका छन् । अपार देशभक्त जनमत, बौद्धिकवर्ग र केही सांसदहरुको सशक्त आपत्तिलाई कुल्चदै एमसीसी सम्झौता अनुमोदन गर्ने संसद सर्वाङ्ग देशद्रोही संसदमा परिणत भएको छ ।’
उनले आफ्नो पार्टीले उठाएको देशभक्तिपूर्ण समाजवादी गणराज्यको आन्दोलन अब नेपाली क्रान्तिको ठोस कार्यभार बन्न आएको पनि जिकिर गरेका छन् । उनले अमेरिकाको हस्तक्षेप विरुद्ध गम्भीर प्रतिकृया जनाएको चीनलाई धन्यवाद समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण