बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आइएमईको होस्टेमा हैंसे अफर सार्वजनिक

सोमबार, १६ फागुन २०७८, १८ : ४०
सोमबार, १६ फागुन २०७८

आइएमईले बैंकले होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । उक्त अफर फागुन १७ देखि चैत १७ सम्म लागू रहने कम्पनीले जनाएको छ । ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको अफर काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । 

अफर अन्तर्गत देशभर बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन ५ जनालाई १ हजार रुपैयाँ हरेक हप्ता दुई २ जनालाई २५ सय रुपैयाँ र बम्परमा एकजनालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको हो । 

अफर सार्वजनिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीहरूले आइएमईप्रति दर्शाउँदै आउनुभएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्दै यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताए  ।   

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत हुन्छ । विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन सक्छन् । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् । 

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गरिन्छ । योजनाको सर्वाधिकार कम्पनीमै निहित रहने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप