स्थानीय तहको निर्वाचनमा तालमेलबारे सातवटै तहको राय लिन्छौँ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताएका छन्।
काभ्रेको धुलिखेलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सबै तहका कार्यसमितिहरूसँग राय लिइने बताएका हुन् ।
‘नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकोले केन्द्रीय कार्यसमिति, सातै वटा प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ संघीय निर्वाचन क्षेत्र कार्यसमिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, ७ सय ५३ पालिका कार्यसमिति, ६ हजार ७ सय ४३ वडा कार्यसमितिको भ्यु प्वाइन्ट लिएर पार्टी एउटा डेमोक्रेटिक तवरले एक्सरसाइज गरेर के गर्दा राम्रो हुन्छ,’ नेता सिंहले भने । संघीयतालाई संस्थागत गरी विकास निर्माणका कार्य अगाडि बढाउनुपर्ने सिंहले बताए । सुशासनलाई सर्वोपरि हितमा राखेर कदम अगाडि बढाउनु पर्ने उनको भनाइ छ।
उनले १४ औँ महाधिवेशनबाट पार्टी नयाँ ऊर्जा उत्पन्न भएको जिकिर गर्दै काँग्रेस एक्लै पनि चुनाव लड्न तयार भएको बताए। ‘काँग्रेस भर्खरै महाधिवेशन सम्पन्न भएको छ,’ सिंहले भने, ‘अर्गनाइजेसनमा उर्जा पैदा भएको छ। उर्जाअनुसार काँग्रेस एक्लै लड्नलाई पनि तयार छ।’
प्रतिगमन रोक्न पाँच दलीय गठबन्धन बनेको र गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुरुप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको पनि बताए।
‘गठबन्धन सरकार प्रतिगमन रोक्नका लागि बनेको सरकार हो। संविधानलाई ट्रयाकमा राख्ने, संविधानको भावना र मर्मअनुरुप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको छ,’ सिंहले भने, ‘त्यही अनुसार निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण