पाटनका ढुंगेधाराको बेहाल (फोटोफिचर)
ढुंगेधारालाई काठमाडौँ उपत्यकाको पर्याय मानिन्थ्यो । केही वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् । काठमाडौँ क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन् ।
यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् । ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरू सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका छन् । बढ्दो सहरीकरणका कारण घर लगायतका संरचनाहरू बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरू बताउँछन् । वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाउँ नपाउँदा पनि कुरूप बन्दै गएका छन् । यसैक्रममा काठमाडौँ उपत्यकाको ढुंगेधाराहरुको अवस्था खोज्ने क्रममा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरूले पाटन क्षेत्रमा संकलन गरेको ढुंगेधाराहरुको तस्बिरहरु :












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण