कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
सारांश
- पश्चिम सुर्खेतको डङ्डगे क्षेत्रमा कर्णाली नदीमा भेटिएको शव साङ्गेतडा दुर्घटनामा बेपत्ता भएकी सिर्जना खड्काको भएको पुष्टि भएको छ।
- कालिकोटको रास्कोट नगरपालिका-२ की १८ वर्षीया सिर्जनाको शव घटना भएको स्थानदेखि निकै तल पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो।
- यस दुर्घटनामा अझै दुई जना, तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदीको अवस्था अज्ञात छ।
सुर्खेत । कर्णाली नदी अन्तर्गत पश्चिम सुर्खेतको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनामा बेपत्ता भएकी सिर्जना खड्काको भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार, बिहीबार सिर्जनाका बुबा धन बहादुर खड्काले शवको पहिचान गरी सनाखत गरेका हुन्।
कालिकोटको रास्कोट नगरपालिका-२ की १८ वर्षीया सिर्जनाको शव घटना भएको स्थानदेखि निकै तल पश्चिम सुर्खेतको चौकुने गाउँपालिका (४ मा पर्ने डङ्डगे क्षेत्रमा मंगलबार स्थानीयले देखेका थिए।
निकै विकट स्थान भएकाले बुधबार प्रहरी चौकी बिजौराको टोली गएर ल्याएको थियो। प्रदेश अस्पतालमा राखिएको शव बिहीबार उनका बुबाले खनाखत गरी लगेको प्रहरी नायव उपरीक्षक विकले बताए।
अघिल्लो बिहीबार बिहान ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो।
गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो। गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए।
दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
त्यस्तै गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९, का मेगे तिरुवाको शव सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो। अझै दुई जनाको अवस्था भने अज्ञात नै छ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदीको अवस्था अज्ञात छ। चालक र सहचालक दुई दाजुभाइ हुन्।
गाडी र बेपत्ताको खोजीका लागि ३ वटै सुरक्षा निकायका दर्जनौं सुरक्षाकर्मी खटिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण