स्थागित काँग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु
मङ्गलबार, २४ फागुन २०७८, १४ : २२
स्थगित भएको नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको काँग्रेसले जनाएको छ ।
सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको काँग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।
यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएर अधिवेशन स्थगित भएको थियो । निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण