नयाँ आर्थिक मोडलको विकास गर्न प्रतिबद्ध छौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।
‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्दैगर्दा नेपालको राजनीतिक प्रणालीमा पनि केही मौलिकता प्रस्तुत गरेको बताए ।
‘समावेशी लोकतन्त्र, इन्क्लुसिभ डेमोक्रेसी, यो प्रयोगमा छ । यसका विरुद्ध विभिन्न कोणबाट प्रहार पनि भइरहेका छन्, त्यो प्रहार विरुद्ध हामी संघर्षरत पनि छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले ‘अहिले पनि समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने कुरामा सार्वजनिक नीजि र सहकारीको समन्वयात्मक नयाँ मोडलको विकास गर्ने कुरामा विवाद र बहस कायमै’ रहेको बताए । उनले त्यस्तो मोडललाई ठिक ढंगले विकास गर्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण