मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
बिहीबार, २६ फागुन २०७८, १४ : ३६
बागलुङको निसीखोला गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार ध२प १९२१ नंको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।
झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।