शहीद स्मारक ‘बी’ डिभिजन : नयाँबस्ती विजयी
शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले दोस्रो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा आज भएको खेलमा नयाँबस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
नयाँबस्तीको जितमा सुमन योङ्ग्य (थगलनथब), रोशन आङ्देम्बे र सोम थापाले एक–एक गोल गरे । यता ब्वाइज युनियनका लागि भने विनोद राई र दिवस मास्केले एक–एक गोल फर्काए । खेलको १७ औैँ मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई पहिलो अग्रता दिलाए ।
खेलको ३९ औँ मिनेटमा ब्वाइज युनियनका विनोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ५० औँ मिनेटमा दिवसले गोल गरेपछि ब्वाइज युनियनले २–१ को अग्रता बनाएको थियो तर त्यो २–१ गोलको अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको ६९ औँ मिनेटमा नयाँबस्तीका खेलाडी रोशनले एक गोल थपेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि खेलको ८२ औँ मिनेटमा सोमले गोल गरेपछि नयाँ बस्तीले ३–२ गोलको जित हासिल ग¥यो । यस जितसँगै चार खेलबाट नयाँबस्तीले छ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित ब्वाइज युनियनको चार खेलमा तीन अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण