यमनमा दुई महिनामा ४७ बालबालिका मारिए
यमनको गृहयुद्धमा पछिल्ला दुई महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन् । जनवरी र फेब्रुवरीमा द्वन्द्वका कारण उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय बालकोष यूनिसेफले जनाएको छ । ‘गृहयुद्धका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रताडित छन्’, यूनिसेफले भनेको छ । सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ । साउदी नेतृत्वको गठबन्धले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ ।
हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीले देश छोडेर भाग्न बाध्य भएका थिए । त्यस लगत्तै यमनमा सैन्य हस्तक्षेप भएको थियो ।
युद्धको चपेटामा बालबालिका मारिने र घाइते हुने क्रम बढ्दो छ । यसैबीच २४ फेब्रुवरीदेखि रुसी सेनाले युक्रेनमाथि गरेको हमलामा कम्तीमा ७१ जना बालबालिका मारिएका र १ सय भन्दाबढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण