केपी ओली प्रतिक्रान्तिका खलनायक भए : प्रचण्ड
बुधबार, ०२ चैत २०७८, ०९ : ००
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिक्रान्तिको खलनायक भएको बताएका छन् । बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरुले एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि ओलीको कार्यशैलीले एकता टिक्न नसकेको प्रचण्डको भनाइ छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले पार्टी विभाजित हुनु दुर्भाग्य भएको बताए । ‘पार्टी एकता प्रक्रियाले पूर्णता पाउँदा नपाउँदै पार्टी लिडरसिपमा, जसलाई हामीले नायक बनाउन सकिएला कि भनेर केपी ओलीलाई प्रधानमन्त्री बनाएका थियौँ । उनी नै प्रतिक्रान्तिका खलनायक भए’ प्रचण्डले भने । यो पार्टीका लागि दुर्घटना र चिन्ताको विषय भएको पनि प्रचण्डले बताए ।
समाजवाद निर्माण गर्ने नेपाली जनताको सपनामा ओलीको चरित्रका कारण चकनाचुर भएको प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण