बालुवाटारमा देउवा र प्रचण्डबीच सवाल जवाफ
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावबारे सवाल जवाफ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितको भेटवार्ताको क्रममा चुनावबारे देउवा र प्रचण्डबीच सवाल जवाफ भएको हो ।
छलफलमा अझैपनि निर्वाचन हुन्छ कि हुँदैन भनेर चलेका हल्लाबारे प्रचण्डले जिज्ञासा राखेका थिए । ‘बाहिरतिर निर्वाचन हुँदैन कि भन्ने चर्चा पनि भइरहेको छ । के हो यो हामी तयारीमा तागत लगाएर गइसकेका छौँ । तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला पनि किन चलिरहेको छ ?’ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग प्रश्न गरेका थिए ।
बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेर रुपन्देही पुगेका प्रचण्डले प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा तीन नेताबीच भएको छलफलबारे यस्तो खुलाएका हुन् । त्यसक्रममा प्रचण्डले आफ्नो प्रश्नमा प्रधानमन्त्री देउवाले यस्तो हल्ला भइरहने तर निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरेको बताए ।
‘मैले त्यसो भन्दा प्रधानमन्त्रीले यो चुनावका दिन भोट हाल्ने दिन पनि यस्तो हल्ला भइरहन्छ’, प्रधानमन्त्रीको जवाफ उदृत गर्दै प्रचण्डले भने, ‘चुनाव नहुने भन्ने कुरा कहिकतैबाट देखिएको छैन ।’
आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तोकिएको छ । चुनावका लागि सत्ता गठबन्धनबीच चुनावी तालमेलको चर्चा भइरहेपनि यसबारे हालसम्म कुनै निर्णय भने भइसकेको छैन । चुनाव नजिकिँदै गर्दा दलहरुले चुनावी अभियान तिव्र बनाउँदै लगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण