शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै

बिहीबार, ०३ चैत २०७८, १९ : २८
बिहीबार, ०३ चैत २०७८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो ।

बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र पार्टीको आगामी कार्यदिशाका बारेमा निर्णय गर्ने जनाइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचन बहिष्कार वा उपयोगमा आफ्नो धारणा राख्ने छन् । नेताहरुको धारणाका आधारमा स्थानीय निर्वाचन बहिष्कार गर्ने वा सहभागी हुने भन्ने निर्णय गरिने नेकपाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप