रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छ : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरु संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको हाे ।
रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति बाइडेनको सो भनाइ आएको हो । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि पुनः आह्वान गरेका छन् । उनले नेटोमा किभको सदस्यता बन्ने योजना त्याग्न तयार रहेको बताएका छन् ।
उता, राजधानी किभमा बुधबार बिहानसम्मका लागि पुनः कर्फ्यू घोषणा गरिएको छ । राजधानीमा रुसी सेनाले अझै बढी गोलाबारी गर्न सक्ने मेयरले चेतावनी दिएपछि कर्फ्यू घोषणा गरिएको हो ।
बाइडेनका पछिल्ला टिप्पणीहरुलाई लिएर रुसले अमेरिकी दूतलाई बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण