हरेक संकटमा देशलाई निकास दिने माओवादी नै हो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक संकटमा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताएका छन् । युद्धलाई शान्तिमा रुपान्तरणदेखि संविधानसभाबाट संविधान जारी गर्ने होस् वा प्रतिगमनबाट देशलाई बचाउन कार्यमा नै किन नहोस् हरेक समस्यामा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए ।
‘हरेक समस्यामा संकट मोचनको भूमिका माओवादीले खेल्नुपरेको छ । शान्ति प्रक्रियालाई सफलताको बिन्दुमा लैजान गरिएको जोखिमपूर्ण निर्णय गरियो । संविधान बनाउने विषयमा कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर पनि पहलकदमी लिएको हो’, मंगलबार पार्टीको प्रवास समन्वय समितिको विशेष प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘निर्वाचनतिर देशलाई लैजाने कुरा होस् वा राजनीतिक स्थायित्वबारे होस् हाम्रो पार्टी र नेतृत्वले लिएका ऐतिहासिक पहलकदमी हुन् ।’
एमसीसी पास गर्नुअघि पनि प्रतिगमनका अनेक तानावाना बुन्ने काम भएको भन्दै प्रचण्डले त्यसबाट देशलाई पार लगाउन पनि आफ्नै पार्टीले पहलकदमी लिएको प्रचण्डले बताए । एमसीसीबारेको व्याख्यात्मक घोषणाले एउटा निकास निस्किएको भन्दै यो सही कदम भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण