माओवादीमा फेरि आकर्षण बढेको प्रचण्डको दावी
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको बताएका छन् । पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने बताए ।
पार्टी निकट प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बुधबार साँझ सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुको चाहना विपरीत पार्टीमा देशभर आकर्षण देखिएको बताए ।
‘आउने निर्वाचनलाई माध्यम बनाएर बाहिरी र भित्री प्रतिक्रियावादी कसरी माओवादीलाई कमजोर बनाउन सकिन्छ वा फुटाउन सकिन्छ भनेर लागेका छन् । तर, माओवादीप्रति आकर्षण बढेको छ’, प्रचण्डले भने, ‘मधेसमा हजारौँको संख्यामा नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । यो देशभर नै देखिएको छ ।’
उनले संसारभरीका प्रतिक्रियावादीहरुले माओवादीलाई कमजोर पार्न षड्यन्त्रहरु जारी राखेको भन्दै यसबारे सबै सचेत हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण