चैत मसान्तभित्र स्थानीय उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन
बिहीबार, १० चैत २०७८, २२ : ३५
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिएका हुन् ।
‘अध्यक्षले चैत मसान्तभित्र स्थानीय तहका उम्मेदवारहरू सिफारिस गरिसक्न निर्देशन दिनुभएको छ’, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले रातोपाटीसँग भने,‘पार्टीको सम्पुर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्न पनि निर्देशन दिनुभएको छ ।’ बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीको प्रतिवेदन पारित र निर्वाचन केन्द्रीत रणनीति बनाउँदै बिहीबार सकिदैछ । एमालेले स्थानीय तहका उम्मेदवारको छनोट गर्न छ मापदण्ड तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण