देशभक्ति गीत ‘यही माटोमा’ बजारमा
प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई समेटेर देशभक्ति गीत लिएर आएका छन् ।
गीतको बोल रहेको छ– ‘यही माटोमा’ । जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् । उक्त गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।
कुल ४ मिनेट ४४ सेकेन्डको भिडियोमा नेपालको सुन्दर प्रकृतिक वातावरण, भाषा, संस्कृति, नेपाली समाजमा फैलिएको विकृति, देशको आर्थिक स्थिति रेमिट्यान्समा निर्भरता धन कमाउन गएका युवा लासको बाकसमा फर्कनु पर्ने हृदयविधारक अवस्थालाई प्रष्ट रुपमा चित्रण गरिएको छ ।
गीतले विशेषगरी नेपाली युवाहरु विदेशिनु पर्ने तितो यथार्थलाई मार्मिक ढंगले भनेको छ । बरु देशमै यसको विकल्प खोजी मीठो मसिनो खाएर जिउन गीतले सन्देश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण