कर्णालीमा म्यादी प्रहरीको माग सात हजार, आवेदन तीन गुणा बढी
कर्णाली प्रदेशका १० जिल्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो । तर, कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा एक हजार ७३, कालिकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्ला ४१६ जना म्यादी प्रहरीको माग गरिएको थियो ।
कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गराएकोभन्दा बढीले आवेदन दिएका छन् । कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१ जना म्यादी प्रहरीको माग गरिएकोमा एक हजार ५९ महिला र चार हजार ११३ पुरुष गरेर पाँच १७२ जनाले आवेदन दिएका छन् ।
दैलेखमा ८९३ माग भएकोमा ४८४ महिला र दुई हजार १८९ पुरुष गरेर २६७३ जनाले आवेदन दिएका छन् । जाजरकोटमा ७८४ जना म्यादी प्रहरीको माग गरिएकोमा ४२५ महिला र एक ६३१ पुरुष गरेर दुई हजार ५६ जनाले आवेदन दिएका छन् ।
रुकुम पश्चिममा ६७७ जना म्यादी प्रहरीको माग भएकोमा ५०६ जना महिला र एक हजार ५०४ पुरुष गरेर दुई हजार १० जनाले आवेदन दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सल्यानमा एक हजार ७३ म्यादी प्रहरीको माग गरिएकोमा ७०६ महिला र दुई हजार ७०२ जना पुरुष गरेर तीन हजार ४०८ जनाले आवेदन दिएका छन् ।
कालिकोटमा ८०४ म्यादी प्रहरीको माग गरिएकोमा २४५ महिला र एक ९७ पुरुष गरेर एक ३४२ जनाले आवेदन दिएका छन् ।
जुम्लामा ७६८ म्यादी प्रहरीमा माग गरिएकोमा ५३१ जना महिला र एक ७५४ जना पुरुष गरेर २२८५ जनाले आवेदन दिएका छन् । मुगुमा ४६९ म्यादी प्रहरीको माग गरिएकोमा १७६ महिला र ८६१ जना पुरुष गरेर एक हजार ३७ जनाले आवेदन दिएका छन् ।
डोल्पामा ५६८ म्यादी प्रहरीको माग गरिएकोमा २०५ जना महिला र ५४२ जना पुरुष गरेर ७४७ जनाले आवेदन दिएका छन् । हुम्लामा ४१६ जना म्यादी प्रहरीको माग गरिएकोमा ९९ जना महिला र ४२५ जना पुरुषले आवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण