आर. मानन्धरको ‘कवितामा आकाश’ प्रकाशित
साहित्यकार आर. मानन्धरको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित भएको छ । पुस्तकमा कविता, चिन्तन र दर्शन गरी तीन खण्ड छ । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास कविता छन् । दोस्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तीस कवितात्मक रचना छन् । त्यस्तै, तेस्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तीस रचना छन् । ‘कवितामा आकाश’ पुस्तक मञ्जरी प्रकाशन गृहले पुस्तक बजारमा ल्याएको हो ।
साहित्यकार अमर न्यौपानेले ‘कवितामा आकाश’ पुस्तकलाई आकाश–काव्य भनेका छन् । मानव जीवन धरतीमा बाँचेपनि उभित्र आकाश, घाम, जून र ताराहरु उदाउने र अस्ताउने साहित्यकार न्यौपानेको तर्क छ । कवितामा भावना र विचार मात्र नभएर चिन्तन र दर्शन पनि संलग्न भएकोले सोही प्रभावमा आर. मानन्धरले ‘कवितामा आकाश’ रचना गरेको उनको भनाइ छ ।
मूलतः नेपालभाषामा लेख्ने मानन्धरको ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको नेपाली भाषाको कृति हो । अंग्रेजीमा पनि उनका कृति प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण