भारतमा कोभिड : पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु
भारतमा पछिल्लो २४ घन्टामा कोभिडका १ हजार ३३५ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २१ हजार १२९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७०४ छ । यो कूल संक्रमितको शून्य दशमलब शून्य ३ प्रतिशत हो । त्यस्तै संक्रमणबाट निको हुने दर ९८ दशमलब ७५ प्रतिशत छ । दैनिक संक्रमित दर शून्य दशमलब २२ प्रतिशत छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रनका कारण संक्रमणमा बृद्धि भएपछि सरकारले खोप अभियानलाई तीव्र पार्दै आएको छ ।
यसैबीच, चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना दिनहुँ बढेका छन् । कोभिडविरुद्ध शून्य सहनशीलताको नीति लिएको चीनमा संक्रमण फैलिएपछि कडाइ गरिएको छ । कोभिडका कारण मुख्य सहरहरुमा लकडाउन घोषणा गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादकै बिच शिक्षक महासङ्घको नेतृत्व चयन, अध्यक्षमा सुवेदी
-
नारीवादी विदेश नीतिबारे बहस
-
नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता
-
मन्त्रिपरिषद्को निर्णय : एरिकादेखि क्रिकेट टोलीसम्मले कति पाउँछन् रकम ?
-
चौधरी ग्रुपले गर्यो भारतको ताज ग्रुपसँग साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात
-
सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट