सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साका जसपा सहसचिव माओवादी प्रवेश

आइतबार, २० चैत २०७८, २१ : ३२
आइतबार, २० चैत २०७८

जनता समाजवादी पार्टी नेपालका पूर्व जिल्ला सहसचिव मोहम्मद शफिक गदी सहितका एक दर्जन नेता तथा कार्यकर्ता नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन् । आइतबार मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा नवआगन्तुकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन।

सोही अवसरमा प्रचण्डले आफू एकपटक जगरनाथपुर आउने बचन दिएका छन्। उनले  हिमाल, पहाड, मधेस÷तराई सबैतिर माओवादी केन्द्रको पक्षमा लहर आएको बताउँदै माओवादी नै पहिचान र अधिकारको पक्षमा रहेको स्पष्ट पारे । नव प्रवेशीहरुले मधेसी र मुस्लिम समुदायका जनताको अधिकारको प्रत्याभूति माओवादीले दिने भएकोले आफूहरु अन्य दल परित्याग गरेको बताएका थिए । आफूहरुले पर्सा जिल्लालाई माओवादीमय बनाउने उनीहरुको अठोट छ ।

नवप्रवेशी गदीले जालिम मियाँ एमालेमा गएपनि आफूहरुले माओवादीलाई उक्त स्थानमा जिताएर पठाउने विश्वास दिलाए । यसरी प्रवेश गर्नेहरुमा जगरनाथपुर गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बिस्मिल्लाह खातुन, राजकिशोर साह, सगिर मिया गदी,कासिम मिया गदी, मुखलाल राउत गदी, प्रभुराम, अनारुल राउत गदी, सहिम मिया, आशामन नेशा, अन्सारीले प्रवेश गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप