पर्साका जसपा सहसचिव माओवादी प्रवेश
जनता समाजवादी पार्टी नेपालका पूर्व जिल्ला सहसचिव मोहम्मद शफिक गदी सहितका एक दर्जन नेता तथा कार्यकर्ता नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन् । आइतबार मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा नवआगन्तुकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन।
सोही अवसरमा प्रचण्डले आफू एकपटक जगरनाथपुर आउने बचन दिएका छन्। उनले हिमाल, पहाड, मधेस÷तराई सबैतिर माओवादी केन्द्रको पक्षमा लहर आएको बताउँदै माओवादी नै पहिचान र अधिकारको पक्षमा रहेको स्पष्ट पारे । नव प्रवेशीहरुले मधेसी र मुस्लिम समुदायका जनताको अधिकारको प्रत्याभूति माओवादीले दिने भएकोले आफूहरु अन्य दल परित्याग गरेको बताएका थिए । आफूहरुले पर्सा जिल्लालाई माओवादीमय बनाउने उनीहरुको अठोट छ ।
नवप्रवेशी गदीले जालिम मियाँ एमालेमा गएपनि आफूहरुले माओवादीलाई उक्त स्थानमा जिताएर पठाउने विश्वास दिलाए । यसरी प्रवेश गर्नेहरुमा जगरनाथपुर गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बिस्मिल्लाह खातुन, राजकिशोर साह, सगिर मिया गदी,कासिम मिया गदी, मुखलाल राउत गदी, प्रभुराम, अनारुल राउत गदी, सहिम मिया, आशामन नेशा, अन्सारीले प्रवेश गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण