रुसलाई जी-२० बाट हटाउन मुश्किल
क्राइमियामा कब्जा गरेपछि रुसलाई जी–८ को फोरमबाट बाहिरिनु परेको थियो । रुस सन् २०१७ मा जी–८ बाट हटाएपछि फोरम जी–७ मा सीमित भएको थियो । पुनः एक पटक युक्रेन हमला गरेपछि रुसलाई जी–२० बाट हटाउने प्रयास भइरहेको छ । अमेरिकाले रुसलाई जी–२० बाट हटाउने पुरा कोसिस गरिरहेको छ ।
यस वर्ष अक्टोबर–नोभेम्बरकाबीच जी–२० का देशका राष्ट्राध्यक्षको बैठकको आयोजना हुने भएको छ । यो बैठक पहिले अमेरिका र पश्चिमा देश यो फोरमबाट रुसलाई अलग गर्ने कोसिस गरिरहेका छन् । तर के रुसलाई जी–२० को फोरमबाट अलग गर्न सजिलो छ ? के जी–२० पनि जी–१९ हुने छ ? यस्तो हुन केही मुश्किल देखिन्छ ।
रुसलाई मिल्नेछ ३ देशको सहयोग
विदेश नीतिका जानकारहरुलाई मान्ने हो भने युक्रेनमाथि हमलापछि यस्तो स्थिति अझैपनि बनिरहेको छ, जस्तो जी–८ देशबाट रुसलाई निलम्बित गर्ने समय बनेको थियो । तर, दुवै फोरमको संरचना फरक फरक छ । जी–८ का बाँकी साता देशमा क्यानडा, फ्रान्स, जर्मनी, जापान, बेलायत, अमेरिका र युरोपेली संघ समावेश थिए ।
यो फोरममा भारत–चीन वा दक्षिण अफ्रिका जस्ता देश समावेश थिएनन् । यो जी–२० को फोरमा यी तीन आर्थिक शक्ति समावेश छन् ।
जी–२० ले विश्वका ८० प्रतिशत अर्थव्यवस्थाको नेतृत्व गर्छन् र करिब करिब यो पुरा विश्व नै हो । जी–२० देशमा यो स्पष्ट छ कि भारत, चीन र दक्षिण अफ्रिका कहिले पनि रुसलाई निलम्बन गर्ने विषयमा समर्थन गर्दैैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण