शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंमा एकाबिहानै वर्षा

शनिबार, २६ चैत २०७८, ०८ : ०५
शनिबार, २६ चैत २०७८

काठमाडौंमा शनिबार बिहान वर्षा भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीसहित देशका विभिन्न स्थानमा शनिबार बिहान वर्षा भएको छ । 

महाशाखाले दिउँसो पनि प्रदेश १ को पहाडी  भूभागका केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यस्तै राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप