प्रचण्डले भने, ‘स्थानीय चुनाव हाम्रो लागि लडाइँ हो, अरुका लागि चुनावमात्रै हो’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थानीय चुनाव माओवादीका लागि लडाई भएपनि अरुलाई चुनावका लागि चुनाव मात्रै भएको बताएका छन् । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले प्रचारको भीषण आक्रमण थालेर चुनावमा लाग्न आग्रह गरे।
‘यो चुनाव अरुको लागि चुनाव हो । हाम्रो लागि लडाइ हो’ प्रचण्डले भने,‘अहिलेका परिवर्तनका उपलब्धि रक्षाका लागि माओवादीले चुनाव जित्नै पर्ने छ। संघीय लोकतान्त्रिक माओवादीले ल्याएको हो। त्यसको रक्षा गर्नै पर्ने छ। अरुलाई यो गए के हुन्छ माओवादीले ल्याएको बेठीक थियो गयो भन्ने हुन्छ।’ संघीय लोकतान्त्रिक व्यवस्थाको माया माओवादी बाहेक अरुलाई नभएको प्रचण्डले बताए ।
‘अरुलाई यो व्यवस्थाको माया छैन। यसको माया हामीलाई छ । यहीँ व्यवस्थाबाट हामीलाई फाईदा होस भनेर सोचेका छौ’ प्रचण्डले भने,‘ यसमा गहिरो गरी आत्मसाथ गर्ने प¥यो। अहिले एक महिना मात्रै बाँकी छ। त्यसमा प्रतिवद्ध भएर प्रचारमा लाग्नु प¥यो।’ माओवादी अर्कै धातुको मान्छे भएकाले लागेपछि विरोधीको सातो जाने बताए। ‘हामी अर्कै धातुका मान्छे हौ । हामीले आक्रमण थालेपछि भीषण आक्रमण गर्नुपर्ने हुन्छ। त्यसबाट विरोधीको सातो जानु पर्छ’ प्रचण्डले भने। चुनावी प्रचार प्रसारमा सूचना प्रविधिको समेत अत्याधिक प्रयोगमा ध्यान दिनु पर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण