प्रचण्डले भने, ‘स्थानीय चुनाव हाम्रो लागि लडाइँ हो, अरुका लागि चुनावमात्रै हो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थानीय चुनाव माओवादीका लागि लडाई भएपनि अरुलाई चुनावका लागि चुनाव मात्रै भएको बताएका छन् । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले प्रचारको भीषण आक्रमण थालेर चुनावमा लाग्न आग्रह गरे।
‘यो चुनाव अरुको लागि चुनाव हो । हाम्रो लागि लडाइ हो’ प्रचण्डले भने,‘अहिलेका परिवर्तनका उपलब्धि रक्षाका लागि माओवादीले चुनाव जित्नै पर्ने छ। संघीय लोकतान्त्रिक माओवादीले ल्याएको हो। त्यसको रक्षा गर्नै पर्ने छ। अरुलाई यो गए के हुन्छ माओवादीले ल्याएको बेठीक थियो गयो भन्ने हुन्छ।’ संघीय लोकतान्त्रिक व्यवस्थाको माया माओवादी बाहेक अरुलाई नभएको प्रचण्डले बताए ।
‘अरुलाई यो व्यवस्थाको माया छैन। यसको माया हामीलाई छ । यहीँ व्यवस्थाबाट हामीलाई फाईदा होस भनेर सोचेका छौ’ प्रचण्डले भने,‘ यसमा गहिरो गरी आत्मसाथ गर्ने प¥यो। अहिले एक महिना मात्रै बाँकी छ। त्यसमा प्रतिवद्ध भएर प्रचारमा लाग्नु प¥यो।’ माओवादी अर्कै धातुको मान्छे भएकाले लागेपछि विरोधीको सातो जाने बताए। ‘हामी अर्कै धातुका मान्छे हौ । हामीले आक्रमण थालेपछि भीषण आक्रमण गर्नुपर्ने हुन्छ। त्यसबाट विरोधीको सातो जानु पर्छ’ प्रचण्डले भने। चुनावी प्रचार प्रसारमा सूचना प्रविधिको समेत अत्याधिक प्रयोगमा ध्यान दिनु पर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी