संघीयता कार्यान्वयन पक्षधर चिन्नुपर्ने बेला आएको छ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको बाधक चिन्नुपर्ने बेला आएको बताएका छन् । आज लुम्बिनी प्रदेश सरकारले राखेको नयाँ वर्षको शुभकामना तथा सञ्चार सबलीकरणको लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री केसीले संघीयता कार्यन्वयनको ४ वर्ष पुगेको र यही वर्षभित्र संविधानअनुसार निर्वाचन हुने हुँदा संघीयता कार्यान्वयनमा बाधक भएको विषयमा पत्रकारहरुलाई समीक्षा गरिदिन आग्रह गरे । उनले संघीय सरकारले प्रहरी तथा कर्मचारी ऐन नदिँदा समस्या भएको उल्लेख गर्दै संघीयता बलियो बनाउन कसले कस्तो भूमिका निर्वाह गरेको त्यो मिडियाले बाहिर ल्याउनुपर्ने बताए ।
उनले संसदलाई बन्धक बनाउने काम लोकतान्त्रिक संस्कार नभएको बताउँदै लामो समय सम्म संसद अवरुद्ध गरेर संघीयता कार्यान्वयनमा समस्या ल्याउन खोजेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण