शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

नितू कपुरले रणबीर कपुरसँग फोटो सेयर गरेर ऋषि कपुर सम्झिइन् : भनिन्, ‘आज तपाईंको इच्छा पूरा भयो’

शनिबार, ०३ वैशाख २०७९, १० : ०६
शनिबार, ०३ वैशाख २०७९

रणबीर कपुर र आलिया भट्ट बिहिबार एक नीजि समारोहमा आफ्नो परिवार र साथीबीच विवाह बन्धनमा बाँधिएका छन् । विवाहपछि रणबीरकी आमा नितू कपुरले आफ्ना दिवंगत श्रीमान् ऋषि कपुरलाई स्मरण गर्दै सोसल मिडियामा छोरासँग एउटा फोटो सेयर गरिन् ।

नितूलाई आयो ऋषि कपुरको यादः

नितूले फोटो सेयर गरेर क्याप्सनमा लेखिन्, ‘यो फोटो कपुर साहब (ऋषि कपुुर) लाई समर्पिात छ... आज तपाईंको इच्छा पूरा भएको छ ।’ यो फोटोमा प्रशंसकदेखि सेलिब्रिटीसम्मले कमेन्ट गरिरहेका छन् ।

यो फोटोमा एक प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘म विश्वस्त छु कि तपाईंका प्रिय कपुर साहब असाध्यै खुसी हुनु भएको होला ।’ अर्काले लेखे, ‘नितू जी ऋषि कपुर असाध्यै खुसी हुनुभएको होला, हामी पनि असाध्यै खुसी छौँ । ’ यस्तै, अर्का प्रशंसकले लेखे, ‘यदि आज ऋषि कपुर साहब हामीबीच हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by ranbirs_devi (@ranbirs_devi)

रणबीर–आलिया र ऋषि नितूको कोलाज भइरहेको छ भाइरलः

रणबीर र आलियाको विवाहमा यस्तो धेरै कुरा भयो जसमा ऋषि र नितूको विवाह कार्यक्रममा भएको थियो । विवाहपछि दुबैले मज्जाले पार्टी गरे जहाँ दुबैले केक काटेको फोटो सार्वजनिक भयो । यस्तै, अर्को एउटा फोटो सार्वजनिक भएको छ जसमा दुबैजना चियर्स गरेर श्याम्पेन पिइरहेको देखिएका छन् । यस्तै, अब सोसल मिडियामा एउटा कोलाज भाइरल भइरहेको छ जसमा ४२ वर्ष अघि नितू र ऋषिले यस्तै गरेका थिए । स्मरण रहोस्, यी दुईले २२ जनवरी सन् १९८० मा विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप