बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बाँकेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

शनिबार, ०३ वैशाख २०७९, २० : २८
शनिबार, ०३ वैशाख २०७९

बाँकेको कोहलपुरमा आज दिउँसो ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ स्थित रत्नराजमार्गमा पर्ने सालको बुटानजिक भे २ त ९३९ नंको ट्र्याक्टरले भे ७ प ५४४६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–४ निवासी ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । मोटरसाइकललाई उछिनेर अगाडि बढ्ने क्रममा ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्रयाक्टर र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप