शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकडभिट्टामा

आइतबार, ०४ वैशाख २०७९, १५ : ००
आइतबार, ०४ वैशाख २०७९

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकडभिट्टामा सञ्चालनमा आएको छ । आइतबार एक समारोहकाबीच शो शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले संयुक्त रुपमा गरे ।

सो अवसरमा मेचीनगर नगरपालिकाका नगर उप–प्रमुख मिना पोखरेल उप्रेती, श्री मेचीनगर नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष ललित बहादुर तामाङ्ग तथा मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे ।   

कार्यक्रममा बैंकका संचालक श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप