अमृता मृत्यु प्रकरण : सीआइबीबाट अनुसन्धान गर्न आफन्तको माग
रुपन्देहीको तिलोत्तमामा भएको रहस्यमय मृत्युका सम्बन्धमा सीआईबीबाट अनुसन्धान गर्न आफन्तले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान टोलीबाट घटनाको अनुसन्धान माग गरिएको मृत्तक आफन्तले आइतबार घरमै पत्रकार सम्मेलन गरी जनाएको हो ।
चैत ३० मा तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अमृता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएपछि आफन्तहरुले हत्या गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै मृतक अमृताका दाजु पुष्प खत्रीले मुद्दा दर्ता नै नगरी २ दिनसम्म बुटवलका नायव प्रहरी उपरीक्षक ठगबहादुर केसीले आफूहरुलाई झुक्याउने काम गरेको बताए । उनले बुटवलको प्रहरीले न्याय माग गर्दा कुटपिट समेत गर्दा कतै यहाँको प्रहरीको भूमिका विश्वास कम भएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीवाट अनुसन्धान गर्न माग गरेको बताए ।
पोस्टमार्टमको फोरेन्सी ल्याब एक्सपर्टको रोहबरमा पीडित पक्षले चाहेको हस्पिटलमा गराउन प्रशासनले सहयोग गर्ने र शान्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमनको पनि छानबिन हुने सहमतिपछि मृतकका माइती पक्ष पोस्टमार्टमका लागि तयार भएका हुन् ।
माइती पक्षले हाँसीखुसी साँझ माइतबाट घर जानु, घर पुगेको एक घण्टामा बाँच्न चाहेको भन्दै गुहार मागेर दाइलाई म्यासेज पठाउनु, घटनास्थलमा दुर्लभ मानिने प्रकारको विषादीको बट्टा फेला पर्नु, जस्ता घटनाले अनिताको हत्या भएको दाबी गर्दै आएको छ ।
अमृताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण