एकीकृत समाजवादीको घोषणापत्र : ५ हजार लिटर पानी र २०० युनिट बिजुली नि:शुल्क !

नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको हो ।
यस्तै खानेपानीको सुविधा नपुगेका स्थानमा अनिवार्य रुपमा पुर्याइने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। यसैगरी प्रत्येक घरपरिवारलाई २०० युनिट बिजुली निःशुल्क रुपमा दिइने पनि घोषणा गरिएको छ । स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रुपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिइने समाजवादीको भनाइ छ । यस्तै विद्युत सेवा नपुगेका हरेक घरमा बिजुली बालिने पनि समाजवादीको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण